काठमाडौं, साउन १९ – गणतन्त्र नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार दोस्रो पटक प्रधानमन्त्री चयन हुनु भएको छ ।
गणतन्त्रपछि नेपालले आठ जना प्रधानमन्त्री फेरिसकेको छ । लामो समय सरकारमा रहेर काम गर्न नपाएको सबै प्रधानमन्त्रीको गुनासो हुने गर्छ । तर छोटो समयमै सरकारको जोड घटाउमा उनीहरुनै सामेल भएको देखिन्छ ।
गणतन्त्रपछि सबैभन्दा लामो कार्यकाल प्रधानमन्त्री सुशील कोइरालको रह्यो । उहाँ ९ सय ४ दिन प्रधानमन्त्री हुनुभयो । यस्तै सबैभन्दा छोटो कार्यकाल प्रधानमन्त्री झलनाथ खनालको २ सय ४ दिन रह्यो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ८३ दिन कार्यकाल सम्हालेको भएपनि उहाँ गणतन्त्र नेपालको निर्वाचित प्रधानमन्त्री भने होइन ।
को कति दिन भए प्रधानमन्त्री ?
पुष्पकमल दाहाल – २८० दिन
माधवकुमार नेपाल – ६२२ दिन
झलनाथ खनाल – २०४ दिन
बाबुराम भट्टराई – ५६४ दिन
खिलराज रेग्मी – ३३४ दिन
सुशील कोइराला –९०४ दिन
केपी शर्मा ओली – ३५८ दिन
पुष्पकमल दाहाल – नवनिर्वाचित
source:ujyaloonline



तपाईको प्रतिक्रिया :