काठमाडौं, २८ साउन । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलको विवाद उत्कर्षमा पुगेको छ । काँग्रेस निकट स्रोतका अनुसार दुई नेतावीच अहिले फोनमा समेत कुराकानी हुन छाडेको छ । सभापति देउवाले पटक पटक आफ्नो तर्फबाट मन्त्रीमण्डलमा सहभागी हुनेहरुको नाम पठाउन आग्रह गर्दापनि नेता पौडेलले त्यसमा कुनै चासो नै देखाएका छैनन् । नेता पौडेलले नेविसंघको महाधिवेशनपछिमात्रै त्यसबारेमा छलफल गर्ने बताएका छन् ।


प्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेसको तर्फबाट मन्त्रीको नाम आए आफ्नो पार्टीले पनि सँगै नाम पठाउने भन्दै काँग्रेस सभापति देउवालाई छिटो निर्णय गर्न दबाब दिरहेका छन् । तर नेता पौडेल भने सभापति देउवालाई भेट्न त परै जाओस फोन सम्पर्कमा समेत आएका छैन् ।
Share To:

तपाईको प्रतिक्रिया :