टोलटोलमा झगडा गर्दागर्दै गुण्डा भएकाहरू पछि ‘गुन्डा नाइके’ भए । तिनै टोले गुण्डाहरू प्छि प्रहरीको टाउको दुःखाईका पात्रसमेत बने । नाम चलेका गुण्डाहरू यतिबेला ‘इन्काउन्टर’ को डरले छायाँमा बसेका छन् । सक्रिय भएकाहरू पनि तुरुन्तै प्रहरीको सम्पर्कमा रहने गरेका छन् । केही समयअघि दीपक मनांगेले फखेटा फिँजाउन खोजेका थिए, उनलाई प्रहरीले आफ्नो नियन्त्रणमा लियो भने केही उमेरले पनि बुढा भइसकेका छन् । राजु गोर्खाली लामो समयदेखि गुमनाम जस्तै छन् ।


यतिबेला मोरङका अभिषेक गिरी, रामेछापका रमेश बाहुन केन्द्रीय कारागार सुन्धारामा छन् । उनीहरूको पृष्ठभूमि फरक फरक छ । बाहुन नेपाली सेनाका भगौडा हुन् भने गिरी अलि पढेलेखेका मोरङका सामान्य किसान परिवारका मानिस हुन् ।यी दुवै केही समयअघिसम्म गोलघरमा थिए । दुवै गुन्डा नाइकेको झगडा पर्न थालेपछि रमेश बाहुनलाई गोलघर बाहिर र गिरीलाई भित्र राखिएको स्रोतले जनाएको छ । ललितपुरमा मीनकृष्ण महर्जनमाथि गोली प्रहार गरेर भागेका रमेश बाहुनलाई प्रहरीले भारतबाट पक्राउ गरी नेपाल ल्याइएको हो । अपहरण फिरौती, जबर्जस्ती रकम असुलीजस्ता अभियोगमा पनि गिरीसँगै रमेश बाहुनले सजाय काटिरहेका छन् ।
Share To:

तपाईको प्रतिक्रिया :