काठमाडौं – बलिउडका स्टार शाहरुख खान फेरि एक पटक अमेरिकाको लस एन्जलिस अन्तर्राष्ट्रिय विमानस्थलमा समातिएका छन् । समाजिक सञ्जाल ट्वीटरबाट शाहरुखले आफूलाई विमानस्थलको हिरासतमा राखिएको जानकारी दिएका हुन् । यद्यपि, उनलाई किन र कति समय हिरासतमा राखिएको हो भन्ने कुरा खुलाइएको छैन ।
यसअघि सन् २०१२ मा शाहरुखलाई न्युयोर्कको ह्वाइट प्लेन्स विमानस्थलमा ९० मिनेटसम्म हिरसतमा राखिएको थियो । यसबारे भारतमा ठूलो विरोध भएको थियो । सन् २००९ मा पनि शाहरुखलाई न्युआर्क विमानस्थलमा दुई घण्टासम्म हिरासतमा राखिएको थियो । भारतीय दूतावसको पहलपछि उनलाई छाडिएको थियो ।
शुक्रबार लस एन्जलिस पुगेका शाहरुखले बारम्बर हिरासतमा राखिएको बारे ट्वीटरमा आक्रोश व्यक्त गरेका छन्
। उनले लेखेका छन्,पछि अर्को ट्वीट गर्दै पक्राउ परेकोमा ठट्टा समेत गरेका छन् । उनले पक्राउ पर्दा धेरै पोकेमोन गो पक्रन पाएको बताएका छन् विषयमा अध्यागमनका अधिकारीहरुले कुनै प्रतिक्रिया नदिए पनि अमेरिकाको साउथ एण्ड सेन्ट्रल एसियन अफेयर्सकी सेक्रेटरी निशा विश्वासले माफी मागेकी छिन् । उनले यस्तो घटनामा स्वयं अमेरिकी कुटनीतिक अधिकारीहरुसमेत पर्ने गरेको स्पष्टिकरण दिएकी छिन् ।
लगातार एउटै भारतीय कलाकारमाथि अमेरिकमा दुव्र्यवहार भएकोमा भारतीयहरुले आश्चर्य प्रकट गरेका छन् ।

तपाईको प्रतिक्रिया :