पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताको संख्या दिनानुदिन बढदै गईरहेको छ । पछिल्लो समयमा फेसबुक जीवनशैलीको एउटा अभिन्न अंग मात्रै भएको छैन, यो एउटा नगरेर नहुने बानीजस्तो समेत भएको छ । यूबायूबतीहरूमा चाहिँ यो एक नशा नै जस्तो भएको छ भन्दा फरक नपर्ला  ।

फेसबुकमा स्टाटसहरू अपडेट नगरे दिनमा केही नपुगेको,र  केही खल्लोपन भएको भान यूबायूबतीहरूमा हुने गर्छ । फेसबुकमा फोटो अपलोड गरेपछि लाइक कति आयो कमेन्ट कति पुग्यो यस्ता कुरा हरु जान्न उनीहरु उत्सुक हुने गर्दछन । कति जनाले त आफ्नो फोटोमा लाइक धेरै पुराउन अनलाइन फेक लाईक जेनेरेटर एपलीकेसन र वेभसाईट प्रयोग गर्ने गरेको समेत पाईएको छ ।

यसो त फेसवुकमा आफुले मनपरेको मान्छेले केके गरिरहेको छ वा के कस्ता क्रियाकलाप गरेको छ भनेर जान्न फेसवुसको प्रोफाईल हेर्ने चलन धैरैको हुन्छ । कतिपय अवस्थामा आफ्ना प्रतिद्धन्धी दुश्मन र आफूलाई मन नपर्ने व्यक्तिको समेत फेसबुक हेर्ने गरिन्छ । त्यस्तै  तपाइँको बारेमा जान्नका लागि तपाइँको फेसबुक प्रोफाइल हेर्ने मानिसहरु पनि त होलान् नी । आफ्नो फेसबुक प्रोफाइल क- कसले हेर्यो होला त ? यस वारेमा बुझ्न अब  निकै सजिलो भएको छ ।:

जसका लागि निम्नानुसारको विधि अपनाउनुहोस् :
१. सबैभन्दा पहिलो आफ्नो फेसबुक प्रोफाइल खोल्नुहोस् ।

आफ्नो प्रोफाइल पेजको सोर्स कोड पत्ता लगाउनका लागि कि बोर्डमा  Ctrl+U दबाउनुहोस् ।यसो गर्दा तपाइँको फेसबुक प्रोफाइल पेजको सोर्स कोड भएको  पेज खुल्नेछ ।

२ . त्यसपछि आफ्नो किबोर्डमा Ctrl+F दबाउनुहोस् । यसो गर्दा एक सर्च बक्स (find in page ) खुल्नेछ । उक्त सर्च बक्समा {“list”: लेखेर Enter दबाउनुहोस्

 ३. यसो गरेसँगै स्क्रिनमा ती मानिसहरुको फेसबुक प्रोफाइल आइडी (ID Number)देखिने गर्द छ, जसले पछिल्लोपटक तपाइँको फेसबुक प्रोफाइल हेरेका थिए । तपाइँको फेसबुक प्रोफाइल सबैभन्दा धेरै पटक हेर्ने मानिसको फेसबुक आइडी सबैभन्दा आगाडी  देखिनेछ ।

४. त्यसपछि तपाईको फेसबुक पेजमा जानुहोस र फेसबुकमा सबै भन्दा माथि www.facebook.com/ पछाडि रहेको भागमा उक्त  आइडी (ID Number) राखेर  Enter थिच्नुभयो भने तपाइँको फेसबुक प्रोफाइल हेर्ने मानिसको फेसबुक प्रोफाइल देखा पर्दछ त्यसपछी पुन:अरु आइडी लाई कर्मैसंग चेक गर्नुहोस ।
Share To:

तपाईको प्रतिक्रिया :