काठमाडौ, १ भदौ । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा बिहिवार भारत जान लागेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिको भ्रमणका तीन वटा उद्धेष्य रहेको बताएका छन्।
भारतीय राजदूत रेले रिपोर्टस क्लबले बुधबार काठमाडौंमा गरेको साक्षात्कारमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिनू, प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारी गर्नू र राष्ट्रपति विद्यादेवी भण्डारीको यसअघि स्थगित भ्रमणको मितिका बारेमा छलफल गर्नू निधिको भ्रमणको उद्देष्य भएको बताए। उनले यी तिनै उद्धेष्यमा केन्द्रीत रहेर मन्त्री निधिले उच्चतहमा वार्ता गर्ने र वार्ता उद्धेष्य प्राप्तिमा सफल हुनेमा आफू विश्वस्त रहेको बताए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई निर्वाचित भएकै दिन भारत भ्रमणको निम्ता दिएका थिए। भारतीय राजदूत रेले प्रधानमन्त्री दाहाललाई स्वागत गर्न भारत आतुर रहेको बताए। उनले असल छिमेकीको नाताले नेपालको आर्थिक विकासमा सहयोग गर्न पनि भारत तयार रहेको बताए।

तपाईको प्रतिक्रिया :