मानौं, तपाई त्यस्तो परिवरमा जन्मिनु भएको छ जहाँ तपाई पिता र माताको असाध्यै राम्रो ममता पाइरहनुभको छ । त्यसपछि कल्पना गर्नुहोस्, तपाईलाई माया गर्ने ति महिलाले तपाईलाई अपहरण गरेर ल्याएकी हुन् । तपाईले पिता भन्दै आएका पुरुष जैबिक बाबु होइनन् ।
यो अफ्रिकाको जेफानी नर्स (नर्स थर हो) को वास्तविकता हो । उनका जैबिक बाबुआमा सिलिस्टी र मोर्नले छोरी जन्मिने बित्तिकै जेफानी नाम राखेका थिए । जेफानी दक्षिण अफ्रिकाको राजधानी केप टाउनमा २७ अप्रिल १९९७ मा जन्मिएकी हुन् । तर उनलाई हुर्काउदा गोप्य नाम राखिएको छ ।
त्यस्तै, एक ५१ वर्षीय महिलालाई जेफानीलाई अपहरण गरेको अभियोगमा त्यहाँको अदालतले सोमबार १० वर्ष कैदको फैसला सुनाएको छ । सिलेस्टीले बच्चा जन्माएको केही घन्टापछि जेफानी अपहरणमा परेकी थिइन् । फैसलाले दक्षिण अफ्रिकी महिलामा एक प्रकारको अन्यौलता छाएको छ ।
अब जेफानीले यस बहुचर्चित मुद्दाको कसरी सामना गर्लिन ? सर्बत्र प्रश्न उठेको छ । फैसलाले उनको पहिचान हराएको छ । जेफानीले आफ्ना जैविक बाबुआमा भन्दा आफूलाई अपहरण गर्नेसँगै बस्न चाहेको उनका नजिकका मान्छेले बताएका छन् ।
कसरी खुल्यो पहिचान ?
सिलेस्टीका अन्य छोरीहरु पनि थिए । तर संयोग कस्तो भयो भने जेफानी पढ्ने विद्यालय र सिलेस्टीले जन्माएका अन्य छोरी पढ्ने माध्यमिक विद्यालय एउटै रहेछ । उनीहरुसँग जेफानीको अनुहार मिल्न थालेपछि अनुसन्धान सुरु भएको थियो ।
सेलिस्टी र उनका पति मोर्नीलाई थप शंका लाग्यो । उनीहरुले प्रहरीको सहयोग लिए । डीएनए परीक्षणमा जेफानी १८ वर्षअगाडि अपहरणमा परेको आफ्नै जैबिक छोरी भएको पुष्टि भयो । जेफानीलाई हुर्काएर शिक्षादिक्षा दिने महिला सोमबारको फैसलापछि पक्राउ परेकी छिन् । उनको पक्राउ र घटनाको उजागरले दक्षिण अफ्रिकाभर सनसनी फैलिएको छ । महिलाको पहिचान गोप्य रािखएको छ ।
म माथि झेल भयो
किन गरिन् ती महिलाले अरुको सन्तान अपहरण ? त्यति मायालु आमालाई अहिले जेल जाँदा कस्तो अनुभव भएको छ ? जेफानी भविष्य के होला ? आम दक्षिण अफ्रिकीमहिलाले यस्तै प्रश्न गरेका छन् । अदालतलमा दिएको बयान अनुसार ती महिलाको ज्यादै धेरै मिस क्यारियज भएको रहेको छ । सन्तानको औधी इच्छा राख्ने महिला बारम्बारको मिस क्यारियजले निकै हरेश खाएकी थिइन् ।
बच्चा चोरेकी होइन
तर उनले अदालत समक्ष दिएको बयानमा जेफानीलाई चोरेको अस्वीकार गरेकी छिन् । एउटा व्यस्त रेलमार्गमा सिल्भिया नाम गरेकी महिलाले १८ वर्ष अगाडि बच्चा दिएको उनको दाबी छ । तर सिल्भियाको अहिले कुनै पत्तो छैन । ‘मलाई कसैले विश्वास गर्दैन होला । अहिले म आफै पीडित बनेकी छु । मलाई फसाइयो,’ बीबीसीसँगको अन्तर्वार्तामा उनले भनेकी छिन् ।
आफूले संरक्षण पत्रमा हस्ताक्षर गरेको तर सो पत्र हराएको उनले बताएकी छिन् ।
महिलाका पति के भन्छन ?
गत वर्ष महिलाको बारेमा समाचार सार्बजनिक भएपछि मात्र उनका पतिले अपहरण कान्ड (?) बारे जानाकारी पाएका थिए । त्यस बेलासम्म उनले आफ्नै सन्तान भएको भ्रममा थिए । तर, पत्नीलाई समर्थन गर्ने बताएका थिए । ‘अनौठो आमा बनेकोमा उनलाई बधाई दिनुपर्छ,’ एक वर्ष अगाडि उनले भनेका थिए । सोही खुसीयालीमा यो परिवारले विशेष विदा मनाएको थियो ।
जेफानी अहिले पनि अपहरण गर्ने बताइएका आमाका झड्केला बाबुसँग बस्छिन् । उनलाई जैबिक आमा बाबुसँग जाने रहर छैन ।
फक्सन्युजबाट

तपाईको प्रतिक्रिया :