काठमाडौं, २७ साउन । सरकारले आफ्ना दुई उपप्रधानमन्त्रीलाई चीन र भारत पठाउने भएको छ । मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले नेपाल र दुई छिमेकी देशबीचको सम्बन्ध सुमधुर गर्न प्रधानमन्त्रीको विशेष दुतको रुपमा भारतमा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि र चीनमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई पठाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले देशको विशेष परिस्थितिको बारेमा जानकारी गराउन दुई छिमेकी मुलुक भारत र चीनमा दुई उपप्रधानमन्त्रीलाई चीन पठाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको बताए ।
यद्यपी दुई उपप्रधानमन्त्री कहिले चीन र भारत जाने भन्नेबारे भने जानकारी गराइएन । बैठकले महंगी, कालोबजारी, कृतिम अभाव र मिसावट रोक्न गृह मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय समेत गरेको छ । बैठकले मिसावट, कालोबजारी र कृतिम अभावबारे भएको कानुनी व्यवस्थामा थप कडाई गर्नका लागि ऐन संशोधनको प्रस्ताव ल्याउन कानुन मन्त्रालयलाई निर्देशन दिएको महराले बताए ।

तपाईको प्रतिक्रिया :