साउन २५ – सफ्वेयरमा रहेको गडबडीका कारण करोडौं एन्ड्रोइड फोनको डेटा ह्याक हुने खतरा बढेको छ । अमेरिकी कम्पनी क्वालकमले बनाएको चिपसेट्समा चलेका सफ्टवेयरको जाँचको क्रममा यस्तो खतरा पत्ता लागेको हो । चेकप्वाइन्टका शोधकर्ताले सफ्टवेयरमा रहेका यस्तो बग्सको खोजी गरिरहेका छन् । कम्पनीका अनुसार झण्डै ९० करोड एन्ड्रोइड फोनमा क्वालकमको प्रोसेसर प्रयोग भएको छ । अहिलेसम्म ह्याकरले यो कमजोरीको फाइदा लिएको प्रमाण अहिलेसम्म आएको छैन ।
चेकप्वाइन्टका अधिकारी माइकल शाउलवले भने ‘अबको तीन चार महिना भित्र ह्याकरले यो कमजोरीको फाइदा पक्कै लिने छन् ।’ फोनको ग्राफिक्ससँग सम्बन्धित सफ्वेयर र फोनको भित्री प्रक्रियाको बिचमा कम्युनिकेशन चलाउने कोडमा खराबी भेटिएको हो ।
यसबाट प्रभावित हुनसक्ने मोवाइल
ब्ल्याकबेरी प्रिव र डिटेक ५०ब्ल्यकफोन १ र ब्ल्याकफोन २गुगल नेक्सस ५ एक्स, नेक्सस ६ र नेक्सस ६ पीएचटिसी वान, एचटिसी एम ९ र एचटिसी १०एलजी जि ४, एलजी जि ५ र एलजी भि १०मोटोरोलाको न्यु मोटो एक्सवानप्स वान, वानप्स टु र वानप्लस थ्रीसामसुङ ग्यालेक्सी एस ७ र सामसुङ एस ७ एज (अमेरिकी भर्सन)सामसुङ एस ७ एजसोनी एक्सपिरिया जेड अल्ट्रा
– एजेन्सीको सहयोगमा



तपाईको प्रतिक्रिया :