नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बुधबार हुने प्रधानमन्त्रीको निर्वाचनका लागि उम्मेद्वारी दर्ता गराएका छन्।

दाहालले बिहान ११ बजेर २५ मिनेटमा संसद सचिवालयमा उम्मेद्वारी दर्ता गराएका हुन्।  दाहालको प्रस्तावकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रहेका छन्। समर्थकमा माओवादी नेता कृष्णबहादुर महरा, सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ल, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, नेकपा (संयुक्त) का जयदेव जोशी, अखण्ड नेपाल पार्टीका कुमार खड्का र स्वतन्त्र सांसद चन्द्रेश्वर झा रहेको संसद सचिवालयका उपसचिव सुदर्शन कुँइकेलले जानकारी दिए।
बुधबार संसदमा नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन हुनेछ।

Share To:

तपाईको प्रतिक्रिया :