काठमाडौं,२६ साउन । नेपालमा रहेका युवा बर्गहरु साथै अन्य देशमा रहेका बिशेष गरी नेपाली युवाहरुको एक फेसबुक समुह होःमस्ति टिम रिलोडेड । जुन टिमको स्थापना बि.सं. २०७२मा भई हाल करिब २७ हजार सदस्य रहेको छ । सुरुमा बिशेष गरी रमाइलो ग्रुपको रुपमा स्थापना गर्ने सोचले सुरु गरेको यो फेसबुक परिवारले बिभिन्न किसिमका सामाजिक कार्यहरुलाई पनि गर्दै आईरहेको छ ।
यस समुहले गत महिना काबुलमा आत्मघाति बम हमलामा परि मृत्यु भएका नेपाली दाजुभाईहरुको सम्झना स्वरुप मिति २०७३मा द्दिप प्रज्वलन र श्रध्दाञ्जली ज्ञापन कार्यक्रमबाट सुरु गरेको थियो यस सँगै मिति २०७३मा बानेश्वर स्थित एक बृद्धाश्रममा पुगी सबै बृद्ध,बृद्धालाई बिस्कुट बितरण र खाना खुवाउने कार्य समेत गरेको थियो । बिस्तारै सामाजिक कार्यमा संलग्न यस समुहले हाल मकवानपुर जिल्ला हेटौडामा घर भएका एक ४ महिने बालक(प्रशान्त लामा)जो मूटु र निमोनियाबाट ग्रसित भर्इ हाल शिक्षण अस्पतालमा उपचारार्थ उक्त बालकको पारिवारीक आर्थिक स्थिति समेत एकदमै कमजोर भएको कारणले उक्त बालकको उपचारका लागि समूहबाट काठमाण्डौमा रहेका सदस्यहरुको संलग्नतामा गत साउन २५ गते ४१,९२५ रुपैया परिवारलाई हस्तान्तरण गरिएको छ । यस समूहले आफ्ना सदस्यहरुको रक्त समूह संकलन गरी आवश्यकता अनुरुप रक्तदान पनि गर्दै आईरहको छ ।
देशले बिभिन्न किसिमका समस्याहरु खेपरिहेको बेला यस्ता सामाजिक संजालहरुबाट पनि समूह बनाई आफ्नो तर्फबाट सहयोग गरी जिबन बचाउन सकिन्छ भन्ने एक उदाहरणिय कार्य गरेको यस समूहले भाबि दिनमा आबश्यक्ता अनुरुप अझ प्रभावकारी कार्यहरु गर्नेछ । यसैगरी देशमा रहेका सक्रिय ब्याक्तिmहरुको जमात बनाई आ–आफ्नो ठाँउबाट कार्य थालनि गर्ने हो भने बिकासका लागि कसैलाई हात थाप्नु नपर्ने देखिन्छ । यस समूहले हाल यस समुूहका सदस्यहरुवाट प्रत्येक बैठकमा सदस्यहरुबाट रकम संकलन गर्दै आएको छ । यसकासाथै देश बिदेशमा रहेका सदस्यहरुले समेत भाबि दिनमा आर्थिक सहयोग गर्ने बाचा गरेका छन् ।

तपाईको प्रतिक्रिया :