काठमाडौं, ३१ साउन । नेविसंघको महाधिवेशनलाई लिएर कांग्रेसभित्र अन्तरकलह चर्केको छ । सभापति शेरबहादुर देउवाले विवाद र तनावकै बीच संघको निर्वाचन प्रक्रिया अघि बढाउने घोषणा गरेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल समूह असन्तुष्ट बनेको छ ।

पौडेलले प्रतिनिधि विवाद देखाएर आइतबार अधिवेशन रोक्न सभापति देउवालाई आग्रह गरेका थिए । तर, सभापति देउवाले आफूलाई असफल बनाउने रणनीति अन्तर्गत पौडेल पक्षले निर्वाचन रोक्न खोजेको भन्दै निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय लिएका हुन् ।


संघको निर्वाचनका लागि आइतबार नै मनोनयन दर्ता गर्ने कार्यक्रम सार्वजनिक गर्ने तयारी थियो। तर, पौडेल पक्षीय विद्यार्थी समूहले विरोध प्रदर्शन गरेपछि समझदारी जुटाउने प्रयास रोकियो ।

पौडेल पक्षसँग ९सोमबार० बिहानसम्म हामी समझदारीको प्रयास गर्छौं, तर निर्वाचनको प्रक्रियामा आउन चाहनु भएन भने तोकिएको समयतालिका अनुसार निर्वाचन प्रक्रिया अघि बढ्छ, सभापति देउवा निकट एक नेताले भने, ‘निर्वाचनमा सहभागी नभएर सर्वसम्मत रुपमा नेतृत्व चयन हुन्छ । भाग नलिएकै आधारमा निर्वाचन प्रक्रियाा अब रोकिन्न ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।
Share To:

तपाईको प्रतिक्रिया :