‘अहिले मैले धेरै कुरा नभनेको, किनकि मानिसहरु आत्तिन्छन् । अलिकति बाटो खन्छु भन्दा आत्तिन्छन् यहाँ । रेल कुदाउँछु भन्या भने आत्तिन्छन् यहाँ । अब कलकत्तामा मात्रै होइन, विसाख पटनममा पनि बन्दरगाह किन होला ? यो मान्छेहरुले अलि पछि थाहा पाउँछन
।
अहिले गाडीहरु वीरगन्ज नाकामा मात्रै आइपुग्छन् । अब नयाँ नाकाहरु पनि चालु हुन्छन् । काठमाण्डुका लागि आएको रेल सिगात्सेसम्म आएर रोकिएको छ, अब बाटो बनाएर छिर्ने काम भइरहेको छ । अलिकित नकिकै पर्ने हेनानतिर, बन्दरगाह हामीले प्राप्त गर्ने र त्यो हामीले चलाउने कुरा गरेका छौं । पानीजहाजबाट सामान ल्याएको बन्दरगाहमात्रै प्रयोग गर्ने होइन, नेपालीले पानीजहान किन्न हुँदैन, समुदं्रमा प्रशान्त र हिन्द महासागरमा चलाउनु हुँदैन भन्ने केही छैन । हामी आफ्नो पानी जहाज किन्छौ, आफनो पानी जहाज चलाउँछौ । आफनो पानी जहाजबाट सामान ल्याउँछौ । अनि आफ्नो रेलबाट त्यहाँबाट तीन दिनमा सामान आइपुग्छ काठमाण्डु ।
छक्क पर्छन् सुन्दा । यो भन्दा टाढाटाढा रेल कुदेका छन कि छैनन दुनियाँमा ? त्यो थाहा हुँदैन, विरोध गर्न पाए पुग्यो । अलिकति समय पर्खिनुहोस्, हिन्द महासागर र प्रशान्त महासागरमा नेपाली झन्डा गाडेका पानीजहाज पनि चल्छन् । अरु देशले आफनो झन्डा गाडलान नगाड्लान हामी गाड्छौ । पानी भएपछि पानी जहाज चलाउन नहुने के छ र ? अब यो नेपालमा सोच्ने, विचार गर्नेभन्दा अगाडिको भाग हेर्ने चलन मात्रै भएको ठाउँमा अलिकति नयाँ कुरा गर्यो भने अनौठो हुन्छ । त्यसैले मैले अहिले ती कुराहरु भनिहाल्या छैन । यो मनको कुरा मात्रै तपाइहरुलाई सुनाइदिएको ।’ –प्रधानमन्त्री ओलीले अखिल नेपाल महिला संघको पहिलो परिषद बैठकमा गरेको भाषण । नयाँ पत्रिकाबाट



तपाईको प्रतिक्रिया :