बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सन्न्यास लिएको ६ महिना पनि बितेको छैन्। तर, अर्जेन्टिनाले उनी जस्तै क्षमतावान अर्को खेलाडीको खोजी गरिसकेको छ।
मेसीजस्तै भविष्यमा अन्तर्राष्ट्रिय फुटबलमा आधिपत्य जमाउने घोषणा गरिएको यी खेलाडी हुन्, फ्रान्को बार्टुसी। उनको उमेर १६ बर्ष मात्र छ। बार्टुसीको क्षमता बुझेर होला, मेसीले लामो समयदेखि खेलिरहेका क्याटलान क्लबले गत साता उनलाई क्याम्प नोउमा भित्र्याइसकेको छ। उनी अगष्ट ८ देखि बार्सिलोनाको ‘बी टिममा देखा पर्दैछन्। मेसीले १६ वर्षको उमेरमा बार्सिलोनाको ‘बीटिमबाट खेल्न सुरु गरेका थिए। बार्टुसी पनि यही उमेरमा बार्सिलोनाको ‘बीु टिममा अनुबन्धित भएका हुन्।उनी यसअघि अर्जेन्टिनाको ‘इस्टुडियान्टेस डे ला प्लेटु क्लबबाट खेल्ने गर्थे। यस क्लबको हालका अध्यक्ष अर्जेन्टिनाका पूर्व स्टार मिडफिल्डर हुँवा सेबास्टियन भेरोन हुन्। यसै बर्ष इस्टुडियान्टेस क्लबले स्पेनको भ्रमण गरेको थियो। जसमा बार्टुसी पनि सहभागी थिए। बार्सिलोनाविरूद्धको एउटा खेलमा उनको खेल शैलीबाट प्रभावित बार्सिलोनाको स्काउट्स टोलीले अर्जेन्टिनाका यी फुच्चे स्ट्राइकरलाई अनुबन्ध गर्न सुझाव दिएको थियो। यसबीच बार्टुसीले कैयौ पल्ट बार्सिलोनाको भ्रमण गरिसकेका छन्।


बार्सिलोनाबाट खेलिसकेका पूर्व डिफेन्डर गाब्रियल मिलिटोका कारण पनि बार्टुसीको अनुबन्ध सहज भएको मानिन्छ। मिलिटो इस्टुडियान्टेसको पहिलो टोलीका प्रशिक्षक हुन्। गत साता बार्सिलोनासँग सम्झौतामा हस्ताक्षर गर्न गएका बार्टुसीलाई मेसीले प्रेरणादायी सुझाव दिएका थिए। जसले उनको खेल जीवनमा ठूलो महत्व राख्ने पक्का मानिन्छ।

बार्टुसीको अनुबन्धका लागि स्पेन आउन फोनबाट खबर गर्दा उनका पिता घरमा काम गरिरहेका थिए। बार्टुसीले बार्सिलोनाको प्रस्तावलाई आफ्नो सपना पुरा भएको रूपमा अर्थ्याएका छन्। सवै खेलाडीको सपना बार्सिलोनाबाट खेल्ने हुने गरेको बताउँदै उनले भने– ‘पिताजीले ट्रायलका लागि स्पेन जानु पर्ने भयो भन्दा म कति दंग परे ? त्यो तपाईहरूले अनुभव गर्न सक्नु हुन्छ।

उनले ट्रायलका लागि पहिलो पल्ट स्पेन उत्रिँदा पेटमा पुतली उडेझै अनुभव भएको बताए। यस्तै, उनले २ दिनपछि ट्रेनिङमा उत्रिँदा केही नर्भस भएको बताउन भुलेनन्। ट्रेनिङकै क्रममा उनले मेसीलाई भेटेका थिए। मेसी उनका आदर्श खेलाडी हुन्। भेटका क्रममा मेसीले आफूलाई राम्रो खेलाडी बन्न एउटा गुरुमन्त्र दिएको उनले खुलासा गरे। ‘म उनको गुरुमन्त्रलाई पछ्याउनेछु। उनले मलाई संकल्प र कडा मेहनतले मात्र सवै कुराको प्राप्ति गर्न सकिने प्रेरणा दिए। उनले भने।

४ पल्ट विश्व उत्कृष्ट खेलाडी बनेका मेसी बार्सिलोनाको ला मेसिया फुटबल एकेडेमीका अहिलेसम्मकै उत्कृष्ट उत्पादन हुन्। तर, क्लबले मेसीको कीर्तिमानलाई भविष्यमा उनले पछाडि छोड्ने आशा राखको छ। क्लबले आशा राखेजस्तै बार्टुसीले आफ्नो ‘हिरोु मेसीको कीर्तिमान तोड्ने कुरा भविष्यको गर्वमा होला तर, उनको खेलबाट प्रभावित व्यक्तिहरू भन्छन्– ‘उसले निकट भविष्यमा आफ्नो छुट्टै पहिचान बनाउनेछ।’
Share To:

तपाईको प्रतिक्रिया :