काठमाण्डौं, २१ साउन । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अघिल्लो केपी ओली सरकार भन्दा फरक ढङ्गले प्रस्तुत हुने भएका छन् ।
उनले सरकारको फजुल खर्च रोक्न आफ्नो सचिवालय निकै सानो आकारको बनाउन लागेका हुन् । यसअघि ओली सरकारको पालामा टुक्राइएको मन्त्रालय गाभेर राम्रो कामको सुरुवात गरेका प्रचण्डले सरकारको अनावश्यक आर्थिक भार रोक्न यस्तो कदम चालेका हुन् ।
सचिवालयलाई सानो, चुस्त र कम खर्चिलो बनाउन प्रचण्डले यसअघि ओली सरकारको पालामा सचिवालयमा ५० जनालाई नियुक्त नगर्ने प्रचण्डको नीजि सचिवालयले जनाएको छ । स्रोतका अनुसार प्रचण्डले करिब २० देखि २५ जनालाई सचिवालयमा राख्ने तयारी गरेका छन् ।



तपाईको प्रतिक्रिया :