काठमाडौं, ३१ साउन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आज आव्हान गरेको शैक्षिक आम हडताललाई अवज्ञा गरेको भन्दै काठमाडौंका केही नीजि कलेजमाथि आक्रमण गरेको छ ।

अखिल क्रान्तिकारीले आव्हान गरेको दुई दिने शैक्षिक आम हड्तालाई अस्वीकार गरेको भन्दै काठमाडौंको सिटिभीटि अन्तर्गत स्वम्भुमा रहेको काठमाडौं मोडल कलेजमाथि आक्रमण गरेको छ ।


आक्रामणबाट कलेजमा क्षति पुर्याउनुका साथै ३ वटा कम्युटर र दुईवटा रिसेप्सनलाई पूर्णत क्षति पुर्याइएको अखिल क्रान्तिकारीका एक नेताले जनपाटीलाई बताए ।

साथै क्रान्तिकारी विद्यार्थीले सो कलेजका झयालहरुसमेत क्षति पुर्याइदिएको बताइएको छ । यसैगरी सो संगठनले बनस्थलीस्थिति एसएमएस कलेजमाथि पनि आक्रमण गरिएको छ ।

यस्तो अटेर गरेर आफ्नो आन्दोलनका कार्यक्रमलाई अवज्ञा गरे अरु ठूला आक्रमण गरिने संगठनले घोषणा गरेको छ । शैक्षिक संस्थाहरुले बृद्धि गरेको चर्को शुल्क खारेज, शिक्षामा समान पहुँच, अवसर र गुणस्तर शिक्षा, कन्सलटेन्सीहरुका गलत कार्य रोकिनु पर्ने, शिक्षामा भइरहेको दलालीकारण र माफियाकरणलाई रोकिनु पर्ने मागलगायत माग राखी क्रान्तिकारी विद्यार्थीले शैक्षिक हडतालको आव्हान गरेको थियो । आज र भोलि गरेर संगठनले शैक्षिक हडतालको आव्हान गरेको छ ।
Share To:

तपाईको प्रतिक्रिया :