काठमाडौं, २६ साउन । निर्वाचन आयोगले मस्यौदा गरेको प्रदेश सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सात प्रदेशमा पाँच सय ५० सांसद हुने उल्लेख छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित हुनेछन् । आयोगले यो मस्यौदाबारे सरोकारवाला पक्षस“ग बुधबार छलफल गर्दै छ ।




प्रत्यक्ष निर्वाचित – ३३०
प्रदेश सभामाबाट ३ सय ३० सांसद प्रत्यक्ष निर्वाचित हुनेछन् । संविधानको धारा १७६ को उपधारा ९१० को खण्ड ९क० मा प्रदेशबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद्को दोब्बर सदस्य प्रदेशसभामा हुने उल्लेख छ । संविधानअनुसार प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनबाट १६५ सांसद निर्वाचित हुनेछन् । प्रदेश १ बाट ५६, २ बाट ६४, ३ बाट ६६, ४ बाट ३४, ५ बाट ५४, ६ बाट २४ र ७ बाट ३२ सांसद प्रदेश सभाका लागि निर्वाचित हुने निर्वाचन आयोगको प्रस्ताव छ ।

समानुपातिक – २२०
संविधानको धारा १७६ अनुसार समानुपातिक निर्वाचन प्रणालीअनुसार प्रदेश सभामा दुई सय २० सांसद निर्वाचित हुनेछन् । निर्वाचन आयोगको प्रस्तावित मस्यौदाअनुसार प्रदेश १ मा ३७, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४, प्रदेश ४ मा २३, प्रदेश ५ मा ३६, प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ सांसद समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था गरिएको छ ।

समानुपातिकमा थ्रेसहोल्ड
प्रतिनिधिसभा सदस्य र प्रदेश सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका दुवै मस्यौदाको दफा ६ मा थ्रेसहोल्डको मापदण्ड तोकिएको छ । समानुपातिक निर्वाचन प्रणालीमा खसेको कुल सदर मतको कम्तीमा १।५ प्रतिशत मत प्राप्त नगर्ने दलको उम्मेदवार निर्वाचित नहुने व्यवस्था विधेयकमा गरिएको छ ।

निर्वाचन आयोगको खाका
नेपालको संविधान २०७२ ले ७ प्रादेशिक सभाका लागि पाँच सय ५० सांसदको व्यवस्था गरेको छ, त्यसमध्ये तीन सय ३० प्रत्यक्ष निर्वाचित सांसद कुन प्रदेशबाट कति मात्रामा निर्वाचित हुनेछन् भन्ने खाका निर्वाचन आयोगले पहिलोपटक तयार गरेको छ । प्रदेश सभाबाट प्रत्यक्ष निर्वाचित हुने सांसद संख्याको आधा अर्थात् १६५ प्रत्यक्ष रूपमा केन्द्रका लागि निर्वाचित हुनेछन् । यसअनुसार आगामी प्रदेश र प्रतिनिधिसभाको अनुमानित रूप यस्तो हुनेछ ।


Share To:

तपाईको प्रतिक्रिया :