काठमाडौं, २६ साउन । बढी समय बाँच्ने चाहना कसलाई हुँदैन ? धेरै कमाएर जीवन सुखी बनाउने सपना देख्दै साउदी अरब पुगेको सात नेपाली त्यहाँको जेलमा जीवनमरणकै दोसाँधमा छन् ।


सडक दुर्घटनामा ज्यान लिएको अभियोगमा मृत्युदण्ड सुनाइएका उनीहरु साउदी जेलमै जीवनको आशा पालेर बाँचिरहेका छन् । मृत्यु भएका परिवारलाई ‘ब्लडमनी’ बुझाउन सके उनीहरुले अरु समय बाँच्न पाउँथे । जीवनको भिख मागे पनि राज्यले चासो दिएको छैन । बाँच्न पाइने आशा भने अझै मरिसकेको छैन उनीहरुमा ।

नेपाली साझा मञ्चका अनुसार दुर्घटनाका कारण मारिएका मृतकका परिवारमध्ये केहीले ब्ल्डमनी माफी दिँदा समेत पहल गरिदिने निकाय नहुँदा जेलमुक्त हुन पाएका छैनन् ।

कतिपयले आफन्तमार्फत नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा हारगुहार गरेपनि सरकारी पक्षले चासो दिएको छैन । मञ्चले पीडितको तत्काल उद्धारका लागि पहल गर्न नेपाल सरकारसमक्ष आग्रह गर्दै सबैबाट पीडितहरुको उद्धारमा सहयोग गर्न अपिल गरेको छ । आजको नागरिक दैनिकमा खबर छ ।
Share To:

तपाईको प्रतिक्रिया :