श्रावण २५, २०७३- नेयमरको ब्राजिल रियो ओलम्पिक २०१६ को पुरुष फुटबलमा आइतबार इराकविरुद्ध गोलरहित बराबरीमा रोकिएको छ । यस नतिजाले ब्राजिल घरेलु मैदानमा प्रतियोगिताबाट बाहिरिने डर उत्पन्न भएको छ । ब्राजिलले बुधबार हुने समूहको शीर्षस्थानमा रहेको डेनमार्कविरुद्धको खेलमा निश्चित जित निकाल्नुपर्नेछ । दुई वर्ष अगाडि विश्वकप सेमिफाइनलमा जर्मनीसँग ७–१ ले हारेपछि ब्राजिल अहिले फेरि अर्को नमीठो स्थितिमा पुगेको हो ।
पाँचपल्टको विश्वकप विजेता ब्राजिललाई नेयमरले पुरुष फुटबलमा पहिलो ओलम्पिक स्वर्ण दिलाउने अपेक्षा गरिएको थियो । तर ब्राजिलले अहिलेसम्म खेलेका दुवै खेलमा गोलरहित बराबरी गरेको छ ।
ब्रासिलामा भएको खेलमा ब्राजिली खेलाडीलाई तिनकै समर्थकले रंगशालामा चर्को आलोचना गरेको पनि सुनियो । ब्राजिली प्रशिक्षक रोगेरो मिकेलले पनि माने, ‘हामीले आफ्नो फुटबल खेल्न सकिरहेका छैनौं ।’ उनले त्यसपछि ब्राजिली फुटबल समर्थकसामु माफी पनि मागे ।
‘आज हाम्रो समर्थनमा धेरै फुटबलप्रेमी निस्के, तर अन्त्यमा उनीहरू सबैले हाम्रो आलोचना मात्र गरे । त्यसैले हामीले सबै ब्राजिली समर्थकसामु माफी माग्नुपर्ने हुन्छ,’ प्रशिक्षक मिकेलले भने । प्रतियोगितामा पोर्चुगल र नाइजेरिया भने क्वाटरफाइनल पुग्ने पहिलो टिम बने । पोर्चुगलले होन्डुरसलाई २–१ र नाइजेरियाले स्वीडेन १–० लाई हराए । पोर्चुगलका लागि टोबिस र जोन्कालाले गोल गरे । सन् १९९६ को स्वर्ण विजेता नाइजेरियाका लागि सदिक उमरले निर्णायक गोल गरे ।
अरू खेलमा अर्जेन्टिना, डेनमार्क र मेक्सिको पनि विजयी रहे । अर्जेन्टिनाले दस खेलाडीमा सीमित रहेर पनि अल्जेरियालाई २–१ ले हरायो । अर्जेन्टिना आफ्नो पहिलो खेलमा पोर्चुगलसँग पराजित रहेको थियो । विश्व च्याम्पियन जर्मनी भने दक्षिण कोरियाको हातबाट रोमाञ्चक ३–३ को बराबरीमा रोकियो । डिफेन्डिङ च्याम्पियन मेक्सिकोले फिजीमाथि ५–१ ले जित निकाल्यो । यस्तै कोलम्बिया र जापानबीच भएको खेल २–२ को बराबरीमा छुट्यो ।

तपाईको प्रतिक्रिया :