भैरहवा– पूर्णिमा बिकास बैंकको चरम लापारवाहीको कारण दुई जना छात्राको भविष्य नै अन्यौल भएको छ । बैंकले आफ्नो बैकिङ्ग जिम्मेवारी समयमा पुरा नगरेको कारण नै छात्राहरुको सम्पूर्ण मिहनेत खेर गएको छ ।
रुपन्देहीको पोखरभिण्डी गाविस वडा नम्बर १ बस्ने रचना चौधरी कुर्मि र नेहा कुमारी चौधरी कुर्मिले पिछडिएको समुदाय (ओबिसी) उत्थान बिकास समिति ज्वागल काठमाण्डौंबाट जनही २० हजार रुपैयाका दरले छात्रवृत्ति पाएका थिए । चेक मार्फत पाएको छात्रवृत्तिको रमा पूर्णिमा बिकास बैंकले समयमै क्लियरेन्स नगर्दा रकम संगै उनिहरुको उच्च शिक्षाको सपना पनि भताभुंग भएको छ । छात्रवृत्तिको रकमबाट अगाडीको शिक्षा सहज हुने आशा बोकेको दुवै दिदि बहिनीको भविष्य बैंकको लापारवाहीले अन्धकार भएको छ ।
पिछडिएको समुदाय उत्थान समिति मार्फत दुवै दिदि बहिनीले मिति २०७३/३/२४ गते कोष तथा लेखा नियन्त्रक कार्यालयबाट नेपाल बैंक लिमिटेडको चेक पाएका थिए । काठमाण्डौं गएर चेक लिएर पोखरभिण्डी आएर उनिहरुको बाबु योगेन्द्र चौधरीले मिति २०७३/३/३१ गते उक्त चेक पूर्णिमा बिकास बैंक लिमिटेड धकधई शाखामा जम्मा गरेको जानकारी दिए ।
असार ३१ गते पूर्णिमा बिकास बैंक धकधईमा जम्मा गरेको चेक बैंकले समयमा क्लियरिङ्गको लागी नपठाउदा दुवै छात्राले छात्रवृत्ति बापत पाएको रकम फ्रिज भएको छ । साउन २५ गते दातृ निकाय पिछडिएको समुदाय उत्थान बिकास समितिले चेक किन नसाटेको भन्दै फोन गरे पछि आफु बैंक बुझ्न गएको छात्राहरुको बाबु योगेन्द्र चौधरीले बताए । “बैंकमा पुग्दा तपाईको चेकको म्याद सकिएको भन्दै चेक फिर्ता गरिदिएर पठाए” चौधरीले भने । अहिले उक्त चेक लिँदै पिडितहरुको बाबु चौधरी न्यायको लागि सम्बन्धित निकाय धाई रहेको छन् ।
“बैंकमा चेक जम्मा गरेर भौचर समेत लिई सकेकोले म रकम जम्मा हुन्छ भनि ढुक्क भएर बसे, पछि बुझदै जादा त पूर्णिमा बैंकले चेक क्लियर गर्न नै नपठाएको जानकारी भयो ।” चौधरीले बताए । बैंकमा रहेका अरु सेवाग्राहीलाई पनि यस्तो नहोस भन्न नै बैंकको बदमाशी देखाउन सञ्चार माध्यमको शरणमा आएको चौधरीको भनाई छ ।
यस बिषयमा पूर्णिमा बिकास बैंकको केन्द्रिय कार्यालयले सम्पूर्ण दोष धकधई शाखा माथी थुपारेको छ । बैंकका अपरेशन ईन्चार्ज रन्जना ढकालले धकधई शाखाले चेक क्लियरिङ्गको लागी २ गते नेपाल बैंक पठाएको बताईन । २ गते पठाएको चेक कोलेनिकाले खाता रोकेको कारण नसाटिएको बताउदै उनले त्यसपछि भने चेक साट्न कुनै पहल नभएको स्विकार गरिन ।
“हामीले चेक जम्मा गर्ने चौधरीजीलाई चेक स्टप भएको भनेको थियौ तर उहाले फेरी उक्त चेक क्लियरिङ्गको लागी कुनै निवेदन नदिएको कारण पछि फेरी चेक साट्न पठाएनौ” ढकालले भनिन ।
आफ्नो बैंकमा आएका सेवाग्राहीलाई अधिकतम सेवा दिने भन्ने बैंकहरुको चिल्लो नाराहरु नारामा मात्र सिमित हुने गरेको यो घटनाले स्पष्ट पारेको छ । आफ्नो बैंकमा आएको चेक स्टप भए पनि त्यसको फलोअप गर्ने काम बैंककै भएको कर्मचारीहरु बताउछन् ।
छात्रवृत्ति जस्तो रकममा पनि बैंक किन यस्तो गैर जिम्मेवार भएको भनि बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङ्गलाई जिज्ञासा राख्दा उनले यस बारे थप बुझ्ने बताए । IMG_8528IMG_8527
हाल दुवै जना धकधई स्थित राम नरेश यादव आदर्श उच्च माध्यमिक बिद्यालयमा अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया :