साउन १९ – भारतको मुम्बई–गोवा राजमार्गमा रहेको एउटा पुल भत्किएको छ । रायगढ जिल्लामा रहेको सावित्री नदीमा बनाइएको पुल भत्किएको हो । पुल भत्किँदा दुई वटा बस तथा दुई वटा कार नदीमा बगेको जिल्लाका प्रमुख सरकारी अधिकारी शितल हगलेले बताउनुभएको छ । दुई बसमा गरेर २२ जना मानिस रहेको र उनीहरुको अवस्थाका बारेमा थाहा नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुई कारमा कति मानिस थिए भन्ने खुलेको छैन । मंगलबार अबेर राति घटना भएको हो । सावित्री नदीमा दुई वटा पुल रहेकोमा एउटा बेलायती उपनिवेशका बेला बनेको र अर्को केही वर्ष अघि बनेको हो ।
भत्किएको पुल पुरानो हो । पुरानो पुल गोवाबाट मुम्बई जाने तथा नयाँ पुल मुम्बईबाट गोवा जाने गाडीले प्रयोग गर्ने गरेका थिए ।
Share To:

तपाईको प्रतिक्रिया :