काठमाडौँ,२७ साउन । मोबाइलमा पानी परोस् या पानीमा मोबाइल हामीलाई चिन्ता बढ्छ, शरीर सुक्खा हुन्छ । नहोस् पनि किन ? मोबाइलमा सयौँ फोटा, नम्बर र अन्य महत्त्वपूर्ण फाइल ‘सेभ’ गरिएको हुन्छ । मोबाइल पानीमा खस्यो भने मोबाइलमा भएको डाटा ‘सेभ’ गर्न सकिन्छ कि सकिँदैन रु कि त्यसको माया मार्नुपर्छ रु यसबारे अहिलेसम्म विज्ञहरूले वास्तविकता पत्ता लगाएका छैनन् ।

तर, पानीमा मोबाइल खस्नेबित्तिकै यी उपाय अपनाउन सकियो भने मोबाइलले फेरि काम गर्न सक्छ वा त्यसमा भएका महत्त्वपूर्ण फाइल ‘रिकभर’ गर्न पनि सकिन्छ । मोबाइल पानीबाट निकालेलगत्तै त्यसलाई अफ गरिदिनुहोस् । पानीमा जति धेरै समय मोबाइल रहन्छ, त्यति नै धेरै त्यसबाट डाटा बचाउन सकिने सम्भावना कम हुन्छ ।


मोबाइल अफ गर्ने मेसो मिलाउन सक्नुभएन र मोबाइलबाट ब्याट्री झिक्न मिल्छ भने तत्काल निकाल्नुहोस् । पानीमा खसेको मोबाइल जतिसक्दो छिटो सुकाउनुपर्छ ।

मोबाइलबाट छुट्याउन मिल्ने सबै ‘पार्टस्’लाई अलग गर्नुहोस् । पछाडिको कभर, ब्याट्री, सिमकार्ड आदि अलग गर्नुहोस् । ती भागहरूलाई एउटा सुक्खा कपडाले पुछ्नुहोस् । ‘हेयर ड्रायर’ छ भने त्यसको प्रयोग पनि गर्न सक्नुहुन्छ ।
तपाईंसँग अर्को पनि मोबाइल सेट छ भने सिमकार्ड त्यसमा राख्नुहोस् । त्यसो गर्दा तपार्इंलाई फोनको समस्या पर्दैन, पानीमा डुबेको मोबाइल सुकाउन लामो समय लाग्छ । लामो समयसम्म मोबाइललाई सुक्खा ठाउँमा राख्नुहोस् ।
Share To:

तपाईको प्रतिक्रिया :