काठमाडौं, २७ साउन । टर्कीका राष्ट्रपति रिसेप टाइप इर्डोगन रुसको सेन्ट पिटर्सवर्गको भ्रमण गरे । उनले मंगलबार रुसका राष्ट्रपति भ्लादिमिर पुटीनसँग प्रत्यक्ष कुराकानी गरे । इर्डोगनको यो पहिलो पटकको भ्रमण हो । जतिबेला गत नोभेम्बरमा सिरियाको आकासमा रुसको लडाकु जहाजलाई टर्कीका सेनाले गोली हानेर खसालि दिएपछि मात्र रुस र टर्कीका राष्ट्रपतिबीच पहिलो भेट भएको छ ।
यसलाई पश्चिमा मिडियाहरुले टर्की पश्चिमा गठबन्धन छोडेर रुससँग जोडिन पुगेको बताउन थालेका छन् । हुन पनि टर्कीले निकै लामो खासगरी ६ महिनाको रुससँगको तिक्ततापछि उही पहिलेको सम्वन्धमा फर्किन खोजेको छ । किनकि टर्कीको अर्थ–राजनीति सबै हिसावले असल मित्र रुस नै हुन सक्छ भनेर टर्कीका राष्ट्रपति इर्डोगनले अमेरिका र युरोयिनहरुको मनसायलाई पछाडि धकेलेर रुससँग पुनः हात मिलाउन पुगेका छन् ।
झण्डै दुई देश एक आपसमा युद्धको उद्घोष समेत गर्न आँटेका राष्ट्रहरु अहिले फेरि उही पूरानो सम्वन्ध कायम गर्न खोजेपछि सिंगो विश्व अचम्मित झैं हुन पुगेको छ । हुन त अहिले पनि टर्की नाटोको महत्वपूर्ण सदस्यका रुपमा छदैछ । तर पनि उसले रुससँग हात मिलाउन जानुका केही दुई तीनवटा महत्वपूर्ण कारणहरु रहेका छन् ।
पहिलो त टर्कीलाई यति ठूलो झट्का लाग्यो कि जतिबेला जुलाई १५ को राती टर्कीमा ‘असफल सैनिक कु’ गरियो । यसमा बुझ्दै जाँदा त्यो ‘कु’को मुख्य योजनाकार फतुल्ला गुलेन जो पहिले टर्कीका बासिन्दा हुन् तर अहिले अमेरिकामा बस्छन् । तिनै गुलेनलाई अमेरिकाले भित्री रुपमा साथ दिएको हुनसक्छ भन्नेमा टर्की र यसका राष्ट्रपति इर्डोगनको गंभीर आशंका रहेको छ । बाहिर आफुसँग राम्रो सम्वन्ध कायम गरेको नाटक गर्ने तर भित्र आफुलाई सिध्याउन अमेरिकाले गुलेनमार्फत ‘असफल कु’को प्रयत्न गरेको भन्नेमा टर्की रहेको छ ।
टर्कीको ‘असफल कु’मा अमेरिकाको भित्री हात हुन सक्नेमा टर्कीले त्यो घटनापछि निरन्तर शंका गरेको ग¥यै छ । उसले के भन्ने गरेको छ भने गुलेनलाई किन अमेरिकाले आफ्नो मुलुकमा ठूलो भुभाग दिएर बस्न दियो रु हुन त गुलेनले टर्कीको ‘असफल कु’मा आफ्नो कुनै योजना नबनाएको बताउने गरेका छन् । टर्की र रुसबीचको पछिल्लो मिलनको सम्वन्धलाई चीनबाट प्रकाशित हुने ग्लोबल टाइम्सले मंगलबार ‘पुटिन एन्ड इर्डोगन रिकन्साइल अफ्टर प्लेन डाउनिङ’ शीर्षक बनाएर लेख्छ– ‘कहिलेकाही राम्रो साथी नराम्रो साथी बन्न सक्छ’ ।
ग्लोबल टाइम्स लेख्छ– ‘टर्की चाहन्थ्यो रुससँगको बिग्रिएको सम्वन्ध सुर्धान । जहाँ कि रसियाले आफ्नो विमान टर्कीले ध्वस्त पारेपछि नाकाबन्दी लगाएको थियो । जसले गर्दा टर्कीको कृषि र निर्माण कार्यक्रममा ठूलो क्षति आइलागेको थियो ।’ ग्लोबल टाइम्सका अनुसार रुसले टर्कीमा नाकाबन्दी गरेपछि टर्कीको पर्यटन उद्योग निकै संकटबाट गुज्रियो । जहाँ टर्कीमा रुसका ९३ प्रतिशत नागरिक पर्यटकका रुपमा घुम्न जाने गर्छन् । तर त्यो नाकाबन्दीपछि रोकिएपछि टर्की निकै समस्याबाट गुजे्रको थियो ।



तपाईको प्रतिक्रिया :