काठमाडौं, २७ साउन । कानुनी प्रक्रिया मिच्दै मोटो रकम चलखेलमा नेपाल आयाल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर खरिद अनुमति दिएका छन् ।
यसअघि पनि पटक पटक विवादित निर्णय गरेका खड्काले पछिल्लोपटक निगम सञ्चालक समितिलाई जानकारी नै नदिई चोरबाटोबाट सेटिङ मिलाएर करिब ३ सय ट्यांकर खरिदको अनुमति दिएका हुन् ।
इन्डियन आयल कर्पोरसन आईओसीबाट डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन ढुवानी गर्ने ट्यांकर खरिद अनुमतिमा करिब ३ करोड रुपैयाँ घोटाला भएको निगम स्रोतले जनायो ।
अहिलेसम्म करिब १५ सय ट्यांकरले पेट्रोलियन ढुवानी गर्दै आएकोमा अपुग भएकाले थप ट्यांकरलाई अनुमति दिइएको निगमको दाबी छ ।
नेपाल पेट्रोलियम ढवानी व्यवसायी महासंघका पदाधिकारीको नेतृत्वमा नयाँ अनुमति पाउने व्यवसायीसँग् निगममा सेटिङ मिलाउन भन्दै १ लाख १५ हजार रुपैयाँका दरले रकम उठाइएको एक व्यवसायीले बताए । आजको नागरिक दैनिकमा खबर छ ।



तपाईको प्रतिक्रिया :