काठमाडौं, २६ साउन । प्रेस चौतारी नेपालले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषमया एमाले अध्यक्ष समेत रहेका निवर्तमान प्रधानमन्त्री केपी ओलीसँग अन्तर संवाद गर्दैछ ।
पार्टी मुख्यालय धुम्बाराहीमा आज हुन लागेको अन्तर संवादमा अध्यक्ष ओलीले पार्टी अब लिने योजनाका विषयमा जानकारी गराउने बुझिएको छ ।

‘आफ्नो नेतृत्वको सरकारले गरेका कामकारबाही र योजनाहरूका विषयमा केपी ओली ज्यूले धारणा राख्नु हुनेछ’, प्रेस चौतारीका एक पदाधिकारीले भने, ‘मुलुकको समग्र राजनीतिक विषयमा उहाँसँग अन्तर संवाद हुनेछ ।’भरखरै सरकारबाट बाहिरिएका ओलीले आफ्ना कडा टिप्पणीका कराण चर्चा कमाउँदै आएका छन् ।
Share To:

तपाईको प्रतिक्रिया :