काठमाडौं, साउन २१– सरकारले मधेस आन्दोलनका क्रममा मारिएकाका परिवारलाई १०/१० लाख रुपैंयाँ राहत दिने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई आर्थिक सहायता दिने निर्णय गरेको हो ।
पुष्पकमल दाहालको नेतृत्वमा सरकार बन्नुअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाबिच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्दै सरकारले १० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
तीन बुँदे सहमतिमा मधेस आन्दोलनका क्रममा मारिएका परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार गर्ने सहमति भएको थियो । संविधानप्रति असन्तुष्टी जनाउँदै मधेस केन्द्रित दलले गरेको आन्दोलनमा ५८ जनाको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया :