तनहुँः तनहुँको सेराटारमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सेराटारमा यात्रुबाहक बसको ठक्करबाट स्कुटर चालक शुक्लागण्डकी १० का प्रकाश गुरुङको मृत्यु भएको हो ।
ना ४ ख ८१२७ बसले ग ११ प १८३० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा परेको बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पृथ्वी राजमार्ग बन्द
बसले स्कुटरलाई ठक्कर लिएर चालकको मृत्यु भएको विरोधमा अहिले स्थानीयबासीले पृथ्वी राजमार्ग अवरुद्ध पारेका छन् । बाटो अवरुद्ध भएपछि लामो तथा छोटो सवारीका साधन चलेका छैनन् । बाटो खुलाउनका लागि स्थानीय प्रशासनले पहल गरिरहेको छ ।

तपाईको प्रतिक्रिया :