नेपाली कामदारका लागि आकर्षक गन्तव्य मुलुक साउदी अरेबियाले बंगलादेशी कामदारमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । विगत ६ वर्षदेखि बंगलादेशी कामदार लिन बन्द गरेको साउदीले पुनः बंगलादेशबाट आफ्नो मुलुकमा कामदार लिन लागेको हो ।

विभिन्न देशबाट गएका आप्रवासी कामदार घटाउँदै लैजाने नीतिका बीच बंगलादेशबाट कामदार लिने साउदीको यस नयाँ निर्णयले नेपाली कामदारको माग ह्वात्तै घट्न सक्ने सम्बन्धित व्यवसायीहरुको भनाई छ ।


उनीहरुका अनुसार बंगलादेशी कामदार पनि नेपाली कामदारभन्दा न्यून पारिश्रमिकमा खाडी जाने गरेका छन् ।

जसकारण साउदी अरेबियाका रोजगारदाता कम्पनी ले बंगलादेशी कामदारलाई प्राथमिकता दिएमा नेपाली कामदारको माग निकै घट्न सक्ने ती व्यवसायीहरुको भनाई छ । आजको राजधानी दैनिकमा खबर छ ।

Share To:

तपाईको प्रतिक्रिया :