काठमाडौं । स्वीडिस फुटबलर ज्लाटन इब्राहिमोबिचले फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मीनमा रहँदाको समय एउटा राजाको जस्तो भएको बताएका छन् । आइतबार स्वीडिस मैदानमा ज्लाटनले म्यान्चेस्टर युनाइटेडबाट डेब्यू गरे ।
इब्राहिमोबिचले आइतबार भएको गालातासारेबिरुद्धको खेलमा इब्राहिमोबिचले म्यान्चेस्टर युनाइटेडको जर्सीमा २०० सेकेण्डभित्रै गोल गर्न सफल भए । त्यस खेल युनाइटेडले ५-२ ले आफ्नो पक्षमा पार्यो ।
उनले आफ्नो खेलस्तर उस्तै रहेको देखाएर म्यान्चेस्टर युनाइटेडका समर्थकहरुको मुख बन्द गराइदिएका छन्, जो ३४ बर्षीय स्ट्राइकरसँग गरिएको महँगो अनुबन्धबारे सन्देह व्यक्त गरिरहेका थिए । युनाइटेडबाट ज्लाटनले साप्ताहिक २ लाखभन्दा धेरै पाउँछन् ।
समर्थककै विश्वास नरहेपनि मैदानमा ३४ बर्षीय ज्लाटनको आत्मविश्वास उच्च देखिन्थ्यो । एन्टोनियो भ्यालेन्सियाको क्रसमा उनले उत्कृष्ट गोल गरेका थिए जुन पेरिस सेन्ट जर्मीनमा उनले गर्दै आएका थिए ।
ज्लाटनलाई भित्र्याउन जोखिम मोलेका प्रशिक्षक जोजे माउरिन्हो पनि उनको यस प्रदर्शनबाट खुसी छन् । युनाइटेडबाट नयाँ सिजनको तयारीमा रहेका युवा स्ट्राइकर मार्को रासफोर्डले पनि मैत्रिपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।



तपाईको प्रतिक्रिया :