झापाको बिर्तामोड स्थित कृषि थोक बजारमा बुधबार विहान आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी हुँदा वजारका १० वटा फेन्सी पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक खड्गवहादुर खत्रीले जानकारी दिनुभयो । आगलागी विहान साढे ५ वजेबाट शुरु भएको थियो । आगलागीका कारण झण्डै दुई करोड मूल्य वरावरको क्षति भएको हुन सक्ने प्रहरीको प्ररम्भीक अनुमान रहेको छ ।
आगलागी स्थानीयवासी, प्रहरी र बिर्तामोड नगरपालिकाको वरुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मिनी मार्केट भित्र आगलागी भएका कारण क्षतिको क्षतिको विवरण बढ्न सक्ने प्रहरी नायव उपरीक्षक खत्रीले बताउनुभयो ।आगलागीका कारण घनश्याम अधिकारी, कृष्ण साहा लगायतले सञ्चालन गरेको पसल जलेको बताइएको छ । आगलागीबाट थप क्षति हुन नदिन प्रहरीले अन्य पसलको सामाग्री भने सुरक्षित स्थानमा निकालेको छ ।

तपाईको प्रतिक्रिया :