बाँके,१८ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आर्थिक बर्ष २०७२÷०७३ मा अघिल्लो आर्थिक बर्ष २०७१÷०७२ भन्दा तेब्बर बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक बर्ष ७१÷७२ मा २९ लाख ४० हजार राजस्व सङ्कलन गरेको बाँके ट्राफिकले आर्थिक बर्ष ७२÷७३ मा भने १ करोड ११ लाख ५ सय ९६ रुपैयाँ राजस्व सङ्कलन गरेको ट्राफिक प्रमुख प्रहरी निरीक्षक बिमल उपाध्यायले जानकारी दिए ।
यो अवधिमा ३५ हजार ७ सय ७६ सवारीसाधन कारवाहीमा परेका छन् । सवारी साधनको कारवाही सङ्ख्या पनि बढ्नु र जरिमाना शूल्क पनि बढ्नुले अघिल्लो आर्थिक बर्षको तुलनामा राजस्वमा बृद्धि भएको प्रमुख उपाध्यायले वताए । अघिल्लो आर्थिक बर्षमा १३ हजार ९ सय ९६ वटा सवारीसाधन कारवाहीमा परेका थिए ।

तपाईको प्रतिक्रिया :