काठमाडौं,२८ साउन । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले जनताको पुर्ण सत्ताको लागि प्रतिरोध संघर्ष गर्ने बताएका छन् । विप्लवले अखिल क्रान्तिकारीको समान शैक्षिक अधिकारका लागि राष्ट्रिय अभियानमा सहभागी विद्यार्थीहरूलाई निर्देशनात्मक प्रशिक्षण दिँदै सो धारणा राखेका हुन् ।
विप्लवले प्रतिरोध संघर्षको स्वरुप कस्तो हुन्छ भन्नेबारे भने कुनै कुरा खुलाएनन् । राजनीतिक संक्रमणकाल अन्त्यसँगै सत्ता साझेदारीको मुद्दा सकिएको र पूर्णसत्ताको मुद्दा प्रमुख भएर आएको उनले बताएका छन् । यसअघि विप्लवले सत्ता साझेदारीको मुद्दा उठाउँदै आएका थिए ।



तपाईको प्रतिक्रिया :