काठमाडौं, २६ साउन । ‘बुबाले घरजग्गा बेचेर मलाई स्टाफ नर्स पढाउनु भएको छ । मेरो पढाइका कारण हमी घरबारबिहीन भएका छौं । पैसा कमाएर पहिला घर बनाएर बुबाआमालाई राख्छु अनि मात्र विवाह गर्छु भन्थी,’ नुवाकोटमा सोमबार भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकी निशा तामाङकी ८० वर्षीया हजुरआमा सानुमाया शाक्य भावविह्वल भएर नातिनीको योजना सुनाउँदै थिइन् । उनी निष्ठुरी देवसँग बिलौना गर्दै थिइन्, ‘मेरो नातिनी हामी सबैलाई छाडेर बिदा भई । कलिलैमा किन चुँडिदियौ मेरो नातिनीलाई ?’

हेलिकोप्टर दुर्घटनामा परी नातिनीको निधन भएको खबरपछि वृद्धा सानुमाया शाक्यले मन थाम्न सकिरहेकी छैनन् । ‘जागिरबाट बिदामा घर आउँदा घर नगई पहिला अजी भन्दै मामाघर आउँथी, अब मलाई कसले अजी भन्छ । मलाई एक्लै छोडेर गई,’ उनले बिलौना गरिन्, ‘१ देखि ७ कक्षासम्म मैले नै पढाएर हुर्काएकी थिएँ ।
Share To:

तपाईको प्रतिक्रिया :