साउन १८ – लण्डनमा क्यान्सर रोगीका लागि सहयोग जुटाउन भएको साइकल दौडको क्रममा एक क्यान्सर रोगीको ज्यान गएको छ । साइकल दौडमा सहभागी रोबिन चार्डको दौडकै क्रममा निधन भएको हो । ४८ वर्षका रोबिन बाल्यकालदेखिनै क्यान्सर पीडित थिए । उनी क्यान्सर रिसर्च युकेका लागि कोष जुटाउने उद्देश्यले राइड लण्डन साइकल दौडमा सहभागी भएका थिए । आइतबार भएको एक सय ६० किलोमिटरको साइकल दौडमा झण्डै ४० किलोमिटरको यात्रा तय गर्दा रोबिनको मुटुको चाल रोकिएको थियो । त्यसपछि अस्पताल लगिएकोमा
चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । रोबिनले क्यान्सर रोगीका लागि कोष संकलन गर्न भन्दै अभियान चलाएको पेजबाट २४ हजार पाउण्ड स्ट्रलिङ भन्दा धेरै संकलन भइसकेको थियो ।
रोबिनका बुवा, आमा र सौतेनी बुवाको समेत क्यान्सरका कारण ज्यान गएको थियो । त्यसपछि उनी क्यान्सर रिसर्च युकेसँग जोडिएर कोष संकलन अभियानमा जुटेका बिबिसीले उल्लेख गरेको छ ।
Share To:

तपाईको प्रतिक्रिया :