चलचित्र सन्तान मार्फत नेपाली रजतपटमा डेब्यु गरेकी नायिका करिस्मा मानन्धर आज पनि कलाकारितामा उत्तिकै सक्रिय ब्यक्तिका रुपमा पर्दछिन । नेपाली दर्शकहरुको आँखामा सदाबहार छाईरहने यी नायिका सुन्दरी नायिकाको रुपमा पनि परीचित छिन । चलचित्रको पर्दामा सदाबहार नायिकाको उपमा पाएकी नायिका मानन्धरले करीब तीन दशक यो क्षेत्रमा बिताई सकेकी छिन । चौध बर्षको उमेर देखिनै कलाकारितामा सक्रिय करिस्मा आज पनि पहिलेकै सक्रियतालाई निरन्तर गराउन सक्ने ब्यक्तिका रुपमा परिचित छिन । करिस्माले नेपाली चलचित्र मात्र होईन हिन्दी चलचित्र दंगा फसादमा पनि आफनो कुशल अभिनय देखाउन सफल भैसकेकी छिन ।


नेपाली चलचित्र सन्तानपछि मायालु, ट्रक ड्राईभर, भाउजु, एकनम्बरको पाखे, रणभूमि,बसन्ती, ढुकढुकी, पंछी जस्ता सफल चलचित्रहरु दिई सकेकी नायिका मानन्धरले चलचित्रको अभिनयसंगै निर्माणमा पनि सक्रियता देखाई सकेकी छिन । बाबु साहेब र ढुकढुकी जस्ता चलचित्रहरु करिस्माले निर्माण गरेको चलचित्रमा पर्दछ भने फागु उनले निर्माण गरेको पछिल्लो चलचित्रमा पर्दछ ।
Share To:

तपाईको प्रतिक्रिया :