काठमाडौं, ३२ साउन । अनेरास्ववियुले काभ्रेको विर्ता देउराली गाविसमा यात्रु बस दुर्घटना हुँदा मृत्यु हुने परिवारका छोरा–छोरीलाई कम्तीमा प्लस टुसम्म निशुल्क पठन–पाठनको व्यवस्था गर्न माग गरेको छ ।
‘काठमाडौंबाट काभ्रेको कोशीपारी जाँदै गरेको यात्रुबाहक बस सोमबार विर्तादेउराली गाविसको कोतालीस्थित खहरे खोलामा दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा परि ३६ को मृत्यु भएको छ भने चालीस जना घाइते भएका छन् । ‘काभ्रेको विर्ता देउराली गाविसमा यात्रु बस दुर्घटना हुँदा मृत्यु हुने परिवारका छोरा–छोरीलाई कम्तीमा प्लस टुसम्म निशुल्क शिक्षाको व्यवस्था गर्न अनेरास्ववियुले सरकारसँग जोडदार माग गरेको अनेरास्ववियु अध्यक्ष नविना लामाले बताइन । लामाले सरकारले नसके अनेरास्ववियुको पहलमा उनीहरुलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने पनि बताइन ।
लामाले दुर्घटनामा घाइते भएकाहरुलाई पनि निशुल्क स्वास्थ्य सेवा प्रदान गर्न सरकारसँग माग गरिन् । ‘हाम्रो संगठनकी विदेशविभाग प्रमुख यसु लामासहित करिब चालिस जनाको उपचार भैरहेको छ,’ लामाले भनिन्, ‘सबैको निशुल्क उपचारमा सरकारको ध्यान जाओस् ।’ काभ्रे अध्यक्ष लामाको गृह जिल्ला पनि हो ।
घटना लगत्तै उद्धारका लागि देउराली पुगेको हेलिकोप्टर र अन्य माध्ययमबाट ४० जना घाइतेको उद्धार गरी काठमाडौँ ल्याएइएका सबैको त्रिवि शिक्षण अस्पताल, दिर्घायु अस्पताल, वीर अस्पताल, धुलिखेल अस्पताल लगायत विभिन्न अस्पतालमा उपचार भैरहेको छ । ।

तपाईको प्रतिक्रिया :