ब्राजिलको रियो दि जेनेरियोमा सुरु भएको ओलम्पिक गेम्समा आज नेपालकी पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन् ।गौरिकाले महिला सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । रियो ओलम्पिकमा सहभागी १० जहार ५ सय खेलाडीमध्ये सबैभन्दा कान्छी खेलाडी बनेकी गौरिकाले यसअघि नैं विश्वभरको मिडियाका चर्चा कमाइसकेकी छिन् ।

आज हुने खेलमा राष्ट्रिय कीर्तिमान सुधार गर्ने गौरिकाको लक्ष्य छ । गौरिकाले अघिल्लो वर्ष सम्पन्न दक्षिण एशियाली खेलकुद सागमा पौडीतर्फ एक रजत तथा तीन वटा कास्य पदक जितेकी थिइन् ।उता रियो ओलम्पिकमा सहभागी ७ नेपाली खेलाडीमध्ये आर्चरीका जीत बहादुर मोक्तानले पहिलो दिनको खेलमा ६ सय ७ स्कोर गरेका छन् ।
Share To:

तपाईको प्रतिक्रिया :