एजेन्सी । आयोजक ब्रालिज रियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान भएको समूहको अन्तिम खेलमा डेनमार्कलाई ४–० ले हराएर ब्राजिलले समूह एको विजेता बन्दै अन्तिम ८ मा स्थान बनाएको हो ।
अघिल्ला दुई खेलमा दक्षिण अफ्रिका र इराकसँग गोलरहित बराबरी खेलेको ब्राजिलले डेनमार्कलाई भने ४–० ले हरायो । ब्राजिलको जितमा गेब्रिएल बारबोसाले दुई तथा लुआन र गेब्रिएल जिससले एक एक गोल गरे । ब्रालिसँग हारेको डेनमार्क समूह उपविजेता बन्दै अन्तिम ८ मा पुगेको छ । समूह ए अन्तर्गतनै बिहानै भएको खेलमा दक्षिण अफ्रिका र इराकले १–१ को बराबरी खेले । दुवै देश समूह चरणबाटै बाहिरिएका छन् ।

तपाईको प्रतिक्रिया :