एजेन्सी– अबदेखि वियरको स्वाद पिसाब जस्तै हुनेछ, वास्तवमै पिसाब जस्तो ! यसको जस बेल्जियन युनिर्भसिटीका वैज्ञानिकलाई जान्छ । किनकी उनीहरुले एउटा मेसिनको अविश्कार गरेका छन, जसले पिसाबलाई बियरमा बदलिदिनेछ ।

वैज्ञानिकहरुलाई विश्वास गर्ने हो भने अब जुन बेला पनि पिसाबको वियर सहजै उपलब्ध हुनेछ । यसको आनन्द पनि केही समयमै पाउनुहुनेछ ।

मेसिनले बास्तवमै पिसाबलाई दुई ओटा कुरामा परिवर्तन गरिदिन्छ । पहिलो पिउने पानी र दोस्रो मलको रुपमा । पिसाबलाई तताउन मेसिनले सौर्य उर्जा उपयोग गर्छ । मेसिनले पिसाबमा भएको पानीलाईलाई छुट्टाएर अन्य पोषण तत्वलाई वियरमा रुपान्तरण गरिदिन्छ ।

यो यन्त्रको अन्य सम्भावना र महत्व बढी भएको वैज्ञानिक सिबासिटिएन देरेसेले बताए । वेल्जियमका वैज्ञानिकले विगत साढे दुई वर्ष लगाएर यो मेसिन बनाएका छन् । त्यहाँको एउटा सांगितिक पर्वमा हालै त्यसको परीक्षण गरेका छन् । उनीहरुले पानीलाई समेत वियरमा रुपान्तरण गर्ने विश्वास गरेका छन् ।
फक्स न्युजबाट
Share To:

तपाईको प्रतिक्रिया :