काठमाडौं,२९ साउन । आसन्न महाधिवेशनमा आदीबासी  जनजाति तर्फबाट केन्द्रीय सदस्यमा उम्बेदवारी दिएका सेतेमान तामाङ नेबिसघंका अत्यन्तै निष्ठावान र कर्तब्यनिष्ठ नेता मानिन्छ । उनले नेपाल विद्यार्थी संघलाई बैचारिक र सैद्धान्तिक रुपमा प्रशिक्षित र संगठनिक बनाउन प्रोत्साहित गराउन र वर्तमान आसमान शैक्षिक नीतिलाई परिमार्जन गरि समान र नैसर्गिक शिक्षा प्रदान गराउनुका साथै गुट -उपगुट र भागबन्डा तथा चाकरी प्रथाको अन्त्य गर्दै बैचारिक,नैतिकतवन र क्षमतावान एवं नीति विधि र पद्धतिको मुल्य मान्यताको राजनीति  स्थपित गराउन आफ्नो उम्बेदवारी दिएको बताएका छन् ।


उनले भने‘समबेशी प्रणालीलाई जुन रुपमा व्याख्या गरिएको छ त्यसलाई पहिचान भेटिने,जातीय द्वन्द्व मेटिने अदर्श पुरुष स्व. भिम बहादुर तामाङको सपना तथा संकल्पलाई साकार पार्न’ पनि उम्बेदवारी दिएको बताए । वर्षौं वर्षसम्म महाधिवेशन नगरी अनिर्णयको बन्दीको प्रवृत्तिलाई विधि बिधान सम्वत ढगंले अन्त्य गराउन र राजनितीक ब्यक्तिको राजनिती सुनिश्चित गराउन आफूले विशेष पहल गर्ने पनि बताए । विद्यार्थीको हक हितको लागि दुर्गम भेगसम्म एक विद्यालय एक पुस्तकालय स्थापनाको अभियान चलाउन र संगठनलाई सुदृढीकरण र शुद्धीकरण एवं गतिशील बनाउने जस्ता विषय उनको प्रमुख एजेन्डा हुने पनि बताए ।
Share To:

तपाईको प्रतिक्रिया :