काठमाडौं । काठमाडौंको थापाथलिस्थित गोरखनाथको मन्दिर ढलेको छ । बिहीबार साँझ ६ बजे मन्दिर एक्कासी ढलेको हो ।

गत वैशाखको भूकम्पले जर्जर बनेको मन्दिर भत्किएको हो । मन्दिर परिसरमा मान्छे भने नभएकाले मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ ।

राणा कालिन उक्त मन्दीर संरक्षणका लागि भन्दै गुठी भए पनि संरक्षण तथा संबद्र्धन भने हुन नसकेको स्थानीय विष्णु नेपालले जानकारी दिए ।
Share To:

तपाईको प्रतिक्रिया :