सानातिना रोग हुन् वा स्वास्थ्यसँग सम्बन्धित समस्या केही भइहाल्यो भने हतार गर्दै अस्पताल जानु राम्रो होइन । चिकित्सकले आफ्नो आम्दानी र जागिर बचाउ अभियानका लागी प्रचार प्रसार गरे पनि साना तिना समस्यामा अस्पताल जानुलाई रोक्नैपर्छ । जस्तो सामान्य रुघा, खोकी, ज्वरो, टाउको दूख्दा कतिपय अवस्थामा घरमा नै सामान्य प्राथमिक उपचार गर्न सकिन्छ ।


पहिले पहिले बाबु बाजेको पालाका बुढा पाका मान्छेहरु अहिले पनि बजारको आखती भन्दा ग्रामीण औषधीमा नै विश्वस्त देखिन्छन् । जस्तै सिजनल रोगहरु रुखाखोकी, ज्वरो, घाँटी दुख्ने जस्ता बिमारी तत्कालै अस्पताल नगई घरेलु खानेकुराका माध्यमबाट पनि उपचार गर्न उनीहरु सुझाउँछन् ।

जसका लागी सबैभन्दा उत्तम घरेलु औषधी हो अदुवा, नुन, पानी र बेसार । रुघा खोकी लागोस वा टाउको दुखोस् त्यस्तो अवस्थामा यि घरेलु  सामाग्रीहरु राखेर नियमित सेवन गर्नुहोस् धेरै ठिक हुन्छ । हामीले यि कुराहरु बिरामी पर्दा मात्रै सेवन नगरी अन्य समयमा पनि गर्न सक्छौँ ।

अदुवामा दुई तिन चम्चा मह मिसाएर पेस्ट बनाइ दिनको दुइ पटक २-४ चम्चा खानुभयो भने पनि यसले सुनमा सुगन्ध थपिदिन्छ । त्यस्तै एक कप पानीमा २-४ ल्वाङ, २-४ कालो मरिच अनि एक टुक्रा अदुवा हालेर उमाल्नुस्।

अनि एक(एक चम्चा कागतीको रस र मह मिसाएर दिनको २ पटक पिउनुस् यसले पनि सारै राम्रो काम गर्छ । त्यस्तै हिंङमा थोरै पानी मिसाएर पेस्ट बनाउनुस्। यसलाई छातीमा लगाएर ओढ्ने ओढेर सुत्नुस्। आधा चम्चा हिगंको धुलो, १ चम्चा अदुवाको धुलो र दुई चम्चा मह मिसाएर दिनको ३ पटक खानुस् आराम मिल्छ ।

मनतातो दुधमा केही दाना मरिच र एक चम्चा मह मिसाएर सुत्ने समयमा पिएको खण्डमा त्यसको असर तत्काले देखिन्छ । त्यस्तै रुखाले च्यापेको बेला खसीको मासुको सुप बढी मात्रामा खानुभयो भने वा बजारमा पाइने मसरुम वा भेज सुपले पनि छिटो सन्चो बनाउने काम गर्छ ।

Share To:

तपाईको प्रतिक्रिया :