काठमाण्डौं,२७ साउन । गठबन्धन सरकारको प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेका मन्त्रालयका लागि मन्त्रीको नाम आज टुंगो लगाउने भएको छ ।
बिहान बस्ने केन्द्रीय कार्यालय बैठकले पाँच मन्त्रीको टुंगो लगाउने लागेको स्रोतले जनाएको छ । मन्त्री छनोट समावेशी हुनुपर्ने माग उठेपछि अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई त्यसको जिम्मा दिइएको थियो ।
पधान्मन्त्रीले आजको बैठकमा मन्त्रीको सूची पेस गर्ने स्रोतले जनाएको छ । मंगलबारको बैठकमा जनार्दन शर्मा, प्रभु साह, डीआर पौडेल, हितराज पाण्डे र राम कार्कीलाई मन्त्री बनाउने तयारी थियो । मन्त्रिमण्डल समावेशी नहुने भन्दै असन्तुष्टि जनाइएपछि बैठकले निर्णय गर्न सकेको थिएन ।

तपाईको प्रतिक्रिया :