काठमाडौँ / अहिले बग्रेल्ती तीजका गीत बजारमा आएका छन् । तीजलाई महिलाहरुको हर्ष र उन्मादको पर्व मानिने भएकोले पनि यो पर्वमा गीत, सङ्गीतले प्रमुखता पाउँछ । तीज आउनु भन्दा २/३ महिना अघिदेखि नै बजारमा तीजका गीत छ्याप्छ्याप्ति हुन्छन् भने तीजका दर खाने कार्यक्रम पनि उस्तै । दोहोरी तथा लोकगीत गाउने गायक, गायिकाहरुका लागि निक्कै दौडधुपको पर्व हो तीज पर्व ।
प्रायः सबै कलाकारहरुले तीजमा एउटा एउटा गीत ल्याएकै हुन्छन् त्यसै मध्ये गायक नमराज पाण्डेले पनि यो पटक निक्कै रमाइलो तीज गीत सार्वजनिक गरेका छन् । पाण्डेले “तैले उता कमाउने यता अर्कै रमाउने, तेरी स्वास्नी पोइला गई कल्लाई समाउने…’ बोलको निक्कै रमाइलो गीत सार्वजनिक गरेका छन् । गीतको भिडियोलाई पनि कमेडी पारामा निक्कै रमाइलो बनाइएको छ । यो गीतमा गायक नमराज पाण्डे सहित निरु गुरुङले स्वर दिएकी छिन् । नमराज पाण्डेकै शब्द, संगीतमा तयार भएको यो गीतको भिडियोमा शुसीला गौतम ‘बिम्ली’, गोविन, नमराज र विवेकको अभिनय रहेको छ । यो भिडियोलाई विजया पोखरेलले निर्देशन गरेका हुन् ।


तपाईको प्रतिक्रिया :