कपिलवस्तु / कपिलवस्तुको गुगौली-५ तिनघरवामा घर भत्किँदा एकैघरका तीन जनाको मृत्यु भएको छ । एक घाइते भएका छन् ।मृत्यु हुनेमा २५ वर्षीया सत्यवती भर, १२ वर्षीय मनवरी भर र ५ वर्षीय श्यामसुन्दर भर रहेको प्रहरीले जनाएको छ ।


सत्यवतीको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा र अन्यको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालयले जानकारी दिए ।घटनालगत्तै प्रहरीले घाइतेलाई भैरहवा पठाएको थियो । घाइते भएका चिन्नी भरको मेडिकल कलेज भैरहवामा उपचार भैइरहेको छ ।

 
Share To:

तपाईको प्रतिक्रिया :