एजेन्सी ,सम्झदा पनि लाग्छ मानव शरिर एक मेसिन हो, जसका हरेक पुर्जा निकै छिटो र सही गतिमा चलिरहेका हुन्छन् ।
हाम्रो अनुहारमा विशेष गरि दुई आँखा, दुई कान, एक मुख, एक नाक लगायत महत्वपूर्ण अङ्गहरु रहेका हुन्छन् । विज्ञहरूका अनुसार यस मध्य ठूलो दृश्यलाई एकसाथ सजिलै देख्न दुई आँखाको भूमिका महत्व पूर्ण हुन्छ, जबकि एक आँखाले मात्र हेर्दा निकै असजिलो महसुश हुन्छ ।
दुई कानको भूमिका अलग–अलग दिशाको आवाज सुन्नमा हुन्छ । एउटा मात्रै कानले सुन्दा आवाज कुन दिशाबाट आएको पहिचान गर्न गाह्रो हुन्छ । तर शारीरिक वनावटकै क्रममा नाकमा दुई प्वाल किन रहे होलान् ? अमेरिकी विज्ञहरूले अध्ययन गरेर तर्क प्रस्तुत गरेका छन् ।
नाकका दुई प्वलले अलग गतिमा काम गर्छन् ।
अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीमा सुँघ्ने क्षमता बारे एक अध्ययन भएको थियो ।
विज्ञहरूकोे लामो अध्ययन पछि केही तथ्य पत्ता लागेको छ । दिनभर नाकको एउटा प्वाल ले अर्कोभन्दा तुलनात्मक रूपमा छिटो श्वासप्रश्वास गर्ने क्षमता राख्छ ।
प्रत्येक दिन दुई प्वालको यसरी छिटो ढिलो श्वास प्रश्वास क्षमता भने बदलिरहन्छ । हमेसा दुई प्वालमध्ये एक प्वाल बढी र अर्को कम श्वासप्रश्वास गर्ने गर्छन् । पालैपालो एक प्वाल बन्द गरेर अर्कोले श्वासप्रश्वास गर्ने हो भने दुई प्वालको कामको गति फरक पाउनुहुन्छ । वैज्ञानिकका अनुसार नाकका प्वालका अलग–अलग क्षमताको प्रभाव मानव जीवनमा निकै जरुरी छ ।’


तपाईको प्रतिक्रिया :