काठमाडौं, २७ साउन । बैठक बिहान १० बजेपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाइएको छ । श्रोतका अनुसार मन्त्रिपरिषद बैठकले चितवन ठोरीको सुकुम्बासी बस्ती हटाउने पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारको निर्णय उल्टयाउने छ ।
यस्तै प्रधानमन्त्रीका राजनीतिक र प्रेस सल्लाहकार नियुक्त हुने सम्भावना छ ।
राजनीतिक सल्लाहकारमा देव गुरुङ र चन्द खनालको दाबी छ । यस्तै प्रेस सल्लाहकारमा प्रेस सेन्टर नेपालका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष गोविन्द आचार्यको नियुक्ति निश्चित भइसकेको छ । औपचारिक रुपमा नियुक्ति हुन बाँकी रहे भए पनि आचार्यले प्रधानमन्त्रीको प्रेस हेर्न थालिसकेका छन्
सरकार सरकार नेतृत्वकर्ता माओवादी केन्द्र र काँग्रेसमा मन्त्री छनोटमा भएको विवादले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइहरेको छ ।
हालसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दल माओवादी केन्द्रका तीन, काँग्रेसका दुई, राप्रपाका दुई र नेकपा संयुक्तका एक मन्त्री नियुक्त भएका छन् । राप्रपाका दीपक बोहरा र विक्रम पाण्डे तथा संयुक्तका जयदेव जोशीले अझै जिम्मेवारी पाएका छैनन् ।

तपाईको प्रतिक्रिया :