काठमाडौं, २३ साउन । ठूला वा साना मानिस सबैको सपनाको देश बन्दै गएको छ अमेरिका । अमेरिका पलायन हुने नेपालीहरुको संख्या दिनानुदिन बढीरहेका बेला नेपाली कलाकारहरुको संख्या दिन दुई गुणा रात चौ गुणाका दरले बढीरहेको छ ।

यही बीचमा जिरे खुर्सानी टेलिशृंखलाका हास्य कलाकार भोक लाग्यो अर्थात देवीराम पराजुली पनि अमेरिका भासीएका छन् ।

उनी गत १९ जुलाईमा अमेरिका लागेका हुन् । अमेरिका उड्नुअघि पराजुलीले केही समयका लागि ‘लागियो है अमेरिका’ भनेर फेसबुकमा स्टाटस लेखेका थिए । स्रोतका अनुसार उनी अब केही समयका लागी उतै बस्ने गरी गएको बुझिन्छ ।
Share To:

तपाईको प्रतिक्रिया :