एमालेको जारी स्थायी समिति बैठकमा माओवादी केन्द्रसँगको गठबन्धन टुट्नुमा आफनै पार्टीको समेत कारण जोडिएको भन्दै नेताहरुले नेतृत्वमाथि प्रश्न उठाएका छन् ।
स्थायी समितिको दुई दिनदेखि जारी बैठकमा बोल्दै नेताहरुले गठबन्धन जोगाउने पर्यप्त पहल नभएको भन्दै आलोचना गरेका हुन् ।
सोमबार बोल्ने अधिकांश माधव नेपाल पक्षधर नेताहरुले अन्य शक्तिहरु गठबन्धन भत्काउन सक्रिय रहेका बेला आफ्ना तर्फबाट जोगाउने पर्याप्त पहल गर्न पार्टी चुकेको धारणा राखे ।
वरिष्ठ नेता नेपाल, उपाध्यक्षहरु युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, सचिव प्रदीप ज्ञवाली, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलगायतले सोमबार बोलेका थिए ।
प्रधानमन्त्री प्राप्त गर्ने अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ ले जे निर्णय गर्न सक्ने भए पनि आफ्नै तर्फबाट जोगाउन पहल गर्नु नै बढी बुद्धिमानी हुने धारणा उनीहरुको थियो । पार्टी संस्थागत ढंगले चल्ने परिपाटीमा समस्या भएको भन्दै नेताहरुले नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।



तपाईको प्रतिक्रिया :