काठमाडौं, साउन २१ – सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेको छ । सुन आज तोलाको ५९ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलाको ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउ यो हप्ता समग्रमा ५ सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन तोलाको ५९ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ अन्तिम दिन शुक्रबार आज ५९ हजार ५ सय रुपैयाँ पुगेको छ ।
सोमबार ५ सय रुपैयाँले बढेर तोलाको ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार ५ सय रुपैयाँले घटेको थियो । बुधबार फेरि ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहिबार ३ सयले घटेर ५८ हजार २ सय रुपैयाँ पुगेको थियो । त्यसमा आज फेरि ३ सय रुपैयाँ बढेर ५८ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो हप्ता चाँदीको भाउ भने ५ रुपैयाँले घटेको छ । आइतबार तोलाको ९ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार आज ९ सय १० रुपैयाँमा झरेको छ । अन्तराष्ट्रिय बजारमा नै उताडचडाव आएकाले नेपालमा पनि भाउ घटबढ भएको महासंघले जनाएको छ ।



तपाईको प्रतिक्रिया :